Madhav Paudel

This is my personal blog for posting my own ideas and views. Scroll down to see my complete site.

Monday, January 23, 2017

घरमै हिरोइन भेटिएपछि


आफ्नै निर्माण तथा निर्देशनको नयाँ चलचित्र ‘कमिट्मेन्ट: सिक्टी आवर्स’ का लागि अभिनेता निखिल उप्रेतीलाई एउटी नयाँ नायिकाको आवश्यकता पर्‍यो । त्यसक्रममा उनले दर्जनौं नयाँ अनुहारका तस्बिर नियाले तर चित्त बुझाएनन् ।
मुम्बईदेखि अमेरिकासम्म छायांकन हुने उक्त चलचित्रका लागि उनलाई अंग्रेजीमा पोख्त नायिका चाहिएको थियो । करिब तीन साताको प्रयास विफल भएपछि निखिललाई उनकै धर्मपत्नी सञ्चिता लुइँटेलले एउटा नाम सुझाइन् । सुरुमा त उनी आश्चर्यमा परे, तर एकाग्र भएर सोचेपछि उनले सञ्चिताको सुझावलाई गम्भिर रूपमा मात्र लिएनन्, उनले सुझाएकी युवतीलाई नायिकाको भूमिकामा प्रस्तुत गर्ने निर्णयसमेत गरे ।
ती युवतीले मुम्बईमा बेचिएकी ती चेलीको भूमिका निर्वाह गर्नु पर्नेछ जसलाई उद्धार गरेर नेपाल ल्याउने जिम्मा निखिलकै हुन्छ । सञ्चिताले सुझाएकी ती युवती अरू कोही नभएर निखिलकै साली अर्थात सञ्चिताकी बहिनी सिवानी लुइँटेल हुन् । सालीसँग अनस्क्रिन रोमान्स गर्न तयार निखिलले काठमाडौंबाट उक्त चलचित्रको छायांकन प्रारम्भ गरिसकेका छन् ।

Source: Ekantipur

No comments:

Post a Comment