जाहाँ जान्छु संगै जान्छन्, तिम्रा यादहरु,
साँझ उस्तै बिहान् उस्तै, उस्तै रातहरु....!
सिरानीमा झर्छ आँशु, सिरानीमै सुक्छ,
तिम्ले दिएको चोट भन्दा, माया धेरै दुख्छ,
सास सास धड्कि दिन्छन्, तिम्रा यादहरु,
साँझ उस्तै बिहान उस्तै, उस्तै रातहरु ...!
छाति भित्र दुखे पनि, हाँस्नु पर्छ भन्थ्यौ,
सयौं चोट लुकाएर, बाँच्नु पर्छ भन्थ्यौ ...!
गाँस गाँस अड्कि दिन्छन्, तिम्रा यादहरु,
साँझ उस्तै, बिहान् उस्तै , उस्तै रातहरु...!!!
No comments:
Post a Comment